मौद्रिक नीति आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने
काठमाडौं । सरकारले ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को ‘मौद्रिक नीति’ आर्थिक पुनरोत्थानको दिशामा केन्द्रित हुने भएको छ । साढे तीन महिनाभन्दा बढी समयको लकडाउन र विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण उत्पन्न समस्याले थला परेको अर्थतन्त्र उकास्ने लक्ष्यका साथ ल्याइने मौद्रिक नीति कोरोना संकटले असर पारेका क्षेत्रलाई विशेष प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाइराख्ने...