मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?
निर्मातालाई हलवालाले रगत चुसेझैं चुसेका छन्– हलवालाले निर्मातालाई मारमा पारेका छन् भनेर निर्माताले उठाउँदै आएको आवाज हो यो । फेरि यस्तै लफडा बाहिरिएको छ हलमालिक र निर्माताबीच । पछिल्लो समय यी एक–दुईले अर्काेलाई पागल करार गरेका छन् ।
प्रसंग हो अत्यधिक नाफा आर्जन गर्ने भनिएको ‘माया छपक्कै’ को । सोही चलचित्रका निर्माता र वितरकबीचको द्वन्द्व बजारमा असरल्ल भएको छ । फिल्मका निर्माता रोहित अधिकारी र...