पाथीभरा क्षेत्रको खानेपानी आयोजना निर्माणमा अवरोध
ताप्लेजुङ, २३ साउन (रासस) : खानेपानीको चरम अभावमा रहेको पाथीभरा मन्दिर क्षेत्रका लागि सञ्चालित ताप्लेजुङ सहलगानी खानेपानी आयोजनाको निर्माणकार्यमा अवरोध सिर्जना भएको छ ।
आयोजना निर्माणको करिब ८० प्रतिशत बढी काम सकिनै लाग्दा ट्याङ्कीसहित मुख्य संरचना रहने क्षेत्रको जग्गामा विवाद उत्पन्न भएपछि निर्माण नियमित हुन सकिरहेको छैन । करिब चार किलोमिटर तल रहेको मुहानबाट लिफ्टिङ गरी मन्दिरसहित आसपासका बस्त...