मानुषी लघुवित्तको आइपीओ खुल्यो ,कति कित्तासम्म भर्न पाइन्छ ?
काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ । बुधबारदेखि बिक्री खुला भएको आइपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।
एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट रहेको छ ।
तीन करोड ९३ लाख ७५ हजार बर...