७९.५७ अंकले घट्यो नेप्से, आठ कम्पनीको मूल्यमा १० प्रतिशतले गिरावट
काठमाडौं : साताको दोस्रो दिन नेप्से परिसूचक ७९.५७ अंकले घटेर २२ सय ८१ विन्दुमा अडेको छ। कारोबारको अघिल्लो दिन अर्थात् आइतबार नेप्से ८८ अंकले घटेर २३ सय ६१ विन्दुमा बन्द भएको थियो। ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १२ अंक बढीले घटेर ४३७.५९ विन्दुमा झरेको छ।
यसदिन २२३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भयो। आइतबार २२८ कम्...