दोहोरो अङ्कले घट्यो नेप्से, कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा उच्च वृद्धि
काठमाडौं, १९ चैत । यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ।
आज दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता शेयर ३२ हजार चार सय १४ पटक खरिद बिक्री हुँदा रू एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ...