जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….
मस्को, ६ बैशाख । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।
वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा कुपोषणको सिकार भयो र अन्ततः उनको मृत्यु भयो ।
अब यस मुद्द...