स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

स्पेसएक्सको स्पेसवाक मिशन सम्पन्न, चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
काठमाडौँ । स्पेसएक्सको पोलारिस डन मिशन सफलतापुर्वक पृथ्वीमा फर्किएको छ । यस मिशनको अन्तरिक्ष यान फ्लोरिडाको ड्राई टोर्टुगास समुन्द्रमा अवतरण गरेको हो । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा अन्तरिक्षयानको गति २७ हजार किलोमिटर प्रतिघण्टा थियो । हावासँगको टक्करले घर्षण सिर्जना गरेको र तापक्रम १,९०० डिग्री सेल्सियस पुगेको स्पेसएक्सले जनाएको छ ।  पोलारिस डन मिसन सेप्टेम्बर १० मा एलन मस्कको कम्पनीको ...

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ ।  राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्...

नक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

नक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ ...

बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

बार्षिक कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न
बिराटनगर, भाद्र १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आ.व. २०८१/०८२ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङ बीच आ.व. २०८१/०८२ को लागि कार्य सम्पादन सम्झौता सम्पन्न भएको र सोही सम्झौताको बुदामा आ...

युवकसँग होटलमा आएकी युवतीको हत्या, रक्ताम्य अवस्थामा भेटियो शव

युवकसँग होटलमा आएकी युवतीको हत्या, रक्ताम्य अवस्थामा भेटियो शव
हेटौंडा । मकवानपुरको हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ । एलिसासँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेको पाइएको छ । युवक...

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण

रुसको ३८ तले आवासीय भवनमा ड्रोन आक्रमण
काठमाडौँ । रुसको साराटोभमा ३८ तले आवासीय भवन ‘भोल्गा स्काई’ सँग ड्रोन ठोक्किएको छ । घटनामा चार जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।  रोयटर्सका अनुसार सोमबार रसियामा २० ड्रोनहरू प्रहार गरिएको थियो । ती मध्ये, अधिकतम ९ साराटोभमा हानिएको थियो । मस्कोका गभर्नरले युक्रेनले ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । यसबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । जानकारी अनुसार युक्रेनले ति ड्...

पक्राउ परेको भोलिपल्टै छुटे प्रदेश सांसदसहित ११ जुवाडे

पक्राउ परेको भोलिपल्टै छुटे प्रदेश सांसदसहित ११ जुवाडे
जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना भोलिपल्टै छुटेका छन्। शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो। आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन्। उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरे...

‘नक्कली दलित’ को पद खारेज गर्न दलित संघको माग

‘नक्कली दलित’ को पद खारेज गर्न दलित संघको माग
दलित पुरुषसँग अन्तर्जातीय विवाह गरेकी कोशी प्रदेश सभा सदस्यको पद खारेजीको माग गरिएको छ । दलित कोटाबाट नेपाली काँग्रेसले सुनिता गुरुङलाई प्रदेश सभा सदस्य र मन्त्री बनाएको जनाउँदै भ्रातृ संस्था नेपाल दलित संघ कोशी प्रदेश समितिले विरोध जनाएको छ । रामसँग अन्तर्जातीय विवाह गरेपनि नागरिकता नसच्याएको र थर गुरुङनै कायम रहेकाले सुनिता दलित कोटाबाट प्रदेशसभा सदस्य बन्न योग्य नरहेको संघको दाबी छ । दलित स...

 स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

 स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
मोरङ, साउन २० गते । मोरङको रंगेली नगरपालिका-२ स्थितमा स्कुल बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका-३ का ६० बर्षीय जगरनाथ ठाकुर रहेका छन् । आज बिहान पौने १० बजे बिराटनगरबाट आमबारीतर्फ आँउदै गरेको को.१ क १७०० नम्बरको अरनिको आवासीय माध्यमिक बिद्यालयको बसले सोही दिशाबाट आँउदै गरेका साईकल यात्री ठाकुरलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते भएका ठाकुरको उपचारको...

साढे ८ किलाे गाँजासहित एक जना महिला पक्राउ

साढे ८ किलाे गाँजासहित एक जना महिला पक्राउ
काठमाण्डाै – बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो । आज बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्युँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठमाथि शङ्का लागेर प...