८५ लाखको गहना चोरी : अपराध महाशाखाको टोलीद्धारा मोरङबाट दुईजना पक्राउ
काठमाडौँस्थित लाजिम्पाटको पबी जवेलर्सबाट गहन चोरी गरी फरार दुई जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली मोरङबाट पक्राउ गरेको छ ।
१८ फागुनमा रातको समयमा सटर फोडेर उक्त जवेलर्सबाट एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी भएको थियो ।
महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौँबाट पक्राउ गरेको हो । पक्राउ...