नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन
खोटाङ, ११ साउन (रासस) ः पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ ।
‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्दा जिल्लाको विभिन्न गाउँका १२ भन्दा बढी युवतीको मानमर्दन भएको पाइएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी २१ वर्षकी युवतीलाई ‘यो मायाको सागर’ नामक फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आयो । ...