ज्ञानमति राईको हत्या आरोपी सार्वजानिक
विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ ।
राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भइ मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धिरेन कुमार खाँ चौधरीलाई पक्राउ गरी आज साँझ सार्वजानिक गरेको हो । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंग...