रेनुका पौडेलको प्रेमपत्र
प्रिय,
प्रेमका प्रतीक ती मुनामदन, हीरराँझा, लैलामझ्नु, रोमियो जुलियटको अझै बखान गर्छन् दुनियाँले । किनकि ती त केवल पात्र मात्र हुन् । एक लेखकका कल्पना मात्र हुन् । कुनै मस्तिष्कको चित्रार्थ मात्र हुन् । वास्तविक जीवनका प्रेमीहरु त कहिँकतै गुमनाम छन् । आफ्नो प्रेमको बारेमा समाजले थाहा पाउला कि भनेर कहिँकतै चुपचाप छन् ।
दुनियाँका साँचा प्रेमीहरु त केवल आकाशले देखेको छ । तिनलाई स्पर्श त केवल धर्त...