बालबालिकालाई यस्ताे पढाउनुहाेस्
साना बालबालिकाप्रतिको अभिभावकको गुनासोः एकै खालको हुने गर्छ— मेरो बच्चाले खाना राम्ररी खाँदैन खुवाइदिनुपर्छ, सागसब्जी मुखैमा हाल्दैन, जंकफुड मात्र खान खोज्छ। मेरो बच्चा समयमा उठ्दैन, उसको बिहानको नित्यकर्ममा नियमितता छैन जसले गर्दा स्कुल पुग्न ढिला हुन्छ। मेरो बच्चाले आफ्नो ससानो काम पनि आफैं गर्दैन, सबै सामान अस्तव्यस्त हुन्छन् मिलाउँदा-मिलाउँदा हैरान हुन्छु। मेरा छोराछोरीलाई मोबाइलबाहेक केहीको व...