पशुपतिसँग प्रार्थना ( गजल)
किरण अन्जान
हटोस् कष्ट सारा यहीँ कामना छ
कठिन मार्गको आज जो सामना छ ।
कठोर जिन्दगीमा जिएको छ मान्छे
मुटुमा भरेको अथाह बेदना छ ।
कहरमा रुझेको भयो जिन्दगानी
बनेको व्यवस्था यहाँ सासना छ ।
सुतेको यो सरकार कहाँ सुन्छ पीडा
दबेका उदरको जहाँ याचना छ ।
फुलेका बगैचा गयो छोडी माली
सुकेका ती पातमा कहाँ वासना छ ।
गलुन् दुष्ट सारा कुभावना भरेका
हे पशुपति महादेव यहीँ प्रार्थना छ ।