मीनबहादुर भामको ‘चिसो वर्ष’लाई एक करोडको पुरस्कार
काठमाडौं । मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो अर्थात करिब एक करोड दुई लाख रुपैयाँको पुरस्कार प्राप्त गरेको छ ।
इस्तानबुलमा आयोजित टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबले ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि उक्त अवार्ड दिएको हो । ‘कालो पोथी’ फेम्ड निर्देशक भामको आगामी चलचित्र ‘चिसो वर्ष’को सह–निर्माण टर्कीले गर्नेछ ।
पटकथाको आधारमा विश्वभरका चलचित्रम...