किन यस्तो बोल्नुहुन्छ बादल कमरेड !
मन्त्रीज्यू, यो स्त्री किन जान्ने भई भन्नुहोला । लामो समयदेखि वृत्तचित्रका लागि यो विषयमा काम गरिरहेको छु । प्रत्येक बलात्कृत छोरीहरू र समाजमा यौन हिंसा र बलात्कारपछि इज्जतको डरले लुकाइएका घटनासँग नजिक छु । पर्दाअगाडि र पर्दापछाडिका भयसँग पनि जुधिरहेकी छु । इज्जतका ढोंगी ठेकेदारहरूले गर्दा घटनामा प्रत्यक्षदर्शी र परिवार नै अगाडि नबढेपछि मूर्तिझैं बनेर हेरिरहेकी छु । किनकि छोरीहरू डरले बलात्कारको त...