अस्ताए साहित्यकार एसपी आशा
साहित्यकार श्रीप्रसाद उपाध्याय घिमिरे (एसपी आशा) को ८० वर्षको उमेरमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट पीडित उनको बुधबार उपचारका क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो।
२००० साउन १५ गते जन्मिएका एसपीका नेपाली इतिहासमाथि विभिन्न कृतिहरू प्रकाशित छन्। उनका ‘एक आँखे’, ‘दुई मुकुण्डो’, ‘अभाग’, ‘सिस्टर शोभा’, ‘अन्तिम अभिलाषा’, ‘डाक्टर डी’, ‘महासामन्त’, ‘रक्तसम्मान’, ‘एक बाबाको जीवनी’, ‘द्रव्य शाह’, ...