चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत
विराटनगर ÷ चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।२० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण ...