सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न
काठमाण्डौ – नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव...