०८२ मंसिरमा महाधिवेशन, विचार मिल्ने दलसँग एकता गर्ने राप्रपा नेपालको निर्णय
काठमाडौं– राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ।
हिजो र आज बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवा...