वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै
विराटनगर ÷ वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।
पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती पुरस्कार, दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मानलगायत चार दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसकेका नवोदितका तीनवटा कवितासंग...