मौलिक कौरा (चुड्का) “मोहोनी” मार्फत शर्मिला गुरुङको मोहनी नजरमा गायक मौसम गुरुङ’
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ र देबी घर्तिको को सुमधुर आवाजले सजिएको मौलिक कौरा (चुड्का) "मोहोनी" भर्खरै सार्वजनिक भएको छ । गायक मौसम गुरुङले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित यो उत्कृष्ट कौरा (चुड्का) गीत ल्याउँदा संगीत पारखिहरुको तर्फ बाट बधाई तथा शु...