“भावमा डुबेर लेखेको साहित्यले सबैको मन छुन्छ ।” लेखक तथा सहित्यकार कविराज तामाङ
लेखक एंव साहित्यकार कविराज काल्तान काभ्रे जिल्लाको मङगलाटार २ थाक्लेमा बुवा इन्द्रबहादुर तामाङ र आमा कान्छीमाया तामाङको कोखबाट बि।सं। २०४६ असार १५ गते जन्मनु भएको हो ।समाजिक एंव समसमायिक विषय वस्तुलाई मर्मिक ढंगले लेख्न सक्ने एक प्रगतिशिल लेखक हुन् । तामाङ इतिहासकै कुरा गर्ने हो भने तामाङ भाषामा कलम चलाउने लेखक कमै छन् । ती मध्ये कविराज तामाङ पनि एक हुन् । उनी तामाङ सहित्यकारमध्ये एक अब्बल सहित्यक...