जागरण अभियानमा एमाले विराटनगरद्वारा सरसफाई
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष...