‘हरिबहादुरको जुत्ता’ ट्रेलर सार्वजनिक : कमेडीसँगै राजनीतिक सन्देश
दशैंको मुखैमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। रिलिज हुन ९ दिन बाँकी रहँदा आएको ट्रेलरले दर्शकबीच उच्च उत्साह जगाएको छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस फिल्ममा हरिवंश आचार्य मुख्य भूमिकामा देखिएका छन्। उनको कमेडी टाइमीङले ट्रेलरमै दर्शकलाई पेट मिचिमिची हसाउँछ भने अर्कोतर्फ राजनीतिक व्यङ्ग्य पनि बलियो रूपमा प्रस्तुत गरिएको छ। ने...













