प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
काठमाडौं । सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ। आशुतोष उप्रेतीको आवाजमा रहेको यस गीतका शब्दहरू किरण थापा मगर र आशुतोष उप्रेतीले लेखेका हुन्।
गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। छायाङ्कन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन्। गीतमा एक कलाकारको सपना र त्यसको ल...