गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

गगन सिंहको शब्द, संगीत र  स्वरमा ‘माया नगर’ सार्वजनिक
काठमाण्डौं । गगन सिंहको शब्द, संगीत र स्वरमा रहेको ‘माया नगर’ गीतको भिडियो सार्वजनिक भएको छ । मायामा आइपर्ने उत्साह र निसारालाई गीतमा समेटिएको छ । प्रेमी र प्रेमीका विचको भावनात्मक प्रेम सम्बन्धलाई गीतमा देखाउन खोजिएको छ । मनोज खनालको छायाँकन , राज धामीको सम्पादन तथा मनोज खनालको निर्देशनमा भिडियो तयार पारिएको छ । ‘माया नगर’ गीतको भिडियोमा गगन सिंह, अर्जुन श्रेष्ठ , रितिका केसी र सरोज पौडेलको अभ...

क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती

क्याटवाक क्लबमा सबिन राई एण्ड द फेरोहको प्रस्तुती
  पोखरा / नेपालको ब्रायन एडम्स् भनेर चिनिने लोकप्रिय रक गायक सबिन राई एण्ड द फेरोहले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्याटवाकमा चैत्र १७ गते सबिन राई एण्ड द फेरोहको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक सुरेश गुरुङले जानकारी दिए । आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झ...

रिलिज मिति तोक्दै चलचित्र कैदिको पत्रको गीत रिलिज

रिलिज मिति तोक्दै चलचित्र कैदिको पत्रको गीत रिलिज
१५ चैत, काठमाडौं । चलचित्र ‘कैदिको पत्र’को आगामी बैशाख १५ गतेलाई रिलिज मिति तोक्दै पहिलो गीत रिलिज गरिएको छ । ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ भने सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीले संगीत दिएका छन् । यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरु कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारसको अभिनय रहेको छ । यस गीतको अंग्रेजी लाइन निखिल गो...

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान

गायिका खुशी थुलुङलाई `बेस्ट न्यु सिंगर फिमेल जुरी अवार्ड´ प्रदान
काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०७९’ गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ‘कति मिठो’ बोलको गीतबाट खुशीले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जित्न सफल भएकी हुन् । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किराँतीको हाताबाट उनलाई अवार्ड हस्तान्तरण गरिएको थ...

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक

गीतकार जानू काम्बाङ लिम्बुको शब्द रहेको म्युजिक भिडियो लन्डनमा सार्वजनिक
लन्डन । डायस्पोरा गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ । साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गंगाराज राईको स्वर/संगीत र सुनिता थेगिमको आवाज रहेको उक्त गीत मान इन्टरटेनमेन्ट युट्युब च्यानलबाट मार्च २६ तारी...

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक

पर्यावरण अभियन्ता विजय हितानको पर्या गीत`बढाऔं संरक्षणका हातहरु´ सार्वजनिक
काठमाडौँ– विजय हितानले ‘अर्थ आवर’लाई पारेर पर्या गीत ‘बढाऔँ संरक्षणका हातहरु’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । अर्थ आवर अन्तर्राष्ट्रिय स्तरको एक वातावरण संरक्षण अभियान हो । प्रत्येक वर्ष मार्च महिनाको अन्तिम शनिबार बेलुका १ घण्टा बिजुलीबत्ती निभाएर यो दिवस मनाइन्छ । यो अभियानमा उनी सन् २००९ देखि निरन्तररुपमा सक्रिय र आवद्ध छन् । उनले नेपाली साहित्यको माध्यमबाट वातावरण संरक्षणका निम्ति ...

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो ’डम्फु र टुङना बजाउदै’ नयाँ वर्षमा सार्वजनिक गरिदै

साहित्यकार दिलिप योञ्जनको तामाङ सेलो ’डम्फु र टुङना बजाउदै’ नयाँ वर्षमा सार्वजनिक गरिदै
काठमाण्डौं गायक शुभ तामाङ र गायिका सुनिमा लो को स्वरमा रहेको तामाङ सेलो गीत ’डम्फु र टुङना बजाउदै’ नेपालीहरुको नव वर्षमा सार्वजनिक गर्ने तयारी गरिएको छ । तामाङ समुदायको महान पर्व लोसारको अवसरमा गीतलाई बजारमा ल्याइने निमार्ण पक्षले बताएको छ । अमेरिकामा रहेर नेपाली साहित्यको विकास र कला र सस्कृतिको विषयमा कलम चलाउदै आउनुभएका साहित्यकार दिलिप योञ्जन तामाङको शब्द डि वी लामाको एरेन्ज जोगलाल लामा...

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)

रिमेक भएर आयो कालजयी गीत ‘झरनाको चिसो पानी’ (भिडियो सहित)
‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् । दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ । सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्...

गायक राजेश पायल राईको स्वरमा ‘ काली काली’ सार्बजनिक

गायक राजेश पायल राईको स्वरमा ‘ काली काली’ सार्बजनिक
कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन रहेको डान्सिङ नम्बर ‘काली काली’ गीतको भिडियो सार्बजनिक भएको छ । भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट तथा सामारिका ढकाल फिर्चड गरिएको छन भने तिनैजनाको कमेडी कमेस्ट्रिलाई पनि राम्रैसंग प्रस्तुत गरिएको छ । भिडियोमा लामो समयको अन्तराल पछी गजित र गम्भीर संगै देखिएका छन भने यी दुवै मध्य गजित नायक, निर्देशक र कोरियोग्राफरका रुपमा आफ्नो छवि बनाईसकेका ...

गायक डेविट र निसाको स्वरमा ‘कान्छा कान्छी’ (भिडियो)

गायक डेविट र निसाको स्वरमा ‘कान्छा कान्छी’ (भिडियो)
काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘कान्छा कान्छी’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका विचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफलेको शब्द तथा पावल बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज समसोङ राईले एरेन्ज गरेका छन । गीतमा प्रेमको सुनौला अनुभवहरुलाई समेटिएको छ । भिडियोः