साउन १४ गते विहीबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। आज शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।
...