ईन्दिरा स्टेज चढ्दा तात्यो विराटनगर
चर्चित गायिका तथा नेपाल आईडलकी निर्णायक ईन्दिरा जोशी स्टेज चढ्दा विराटनगर तातेको छ । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका जोशीले शुक्रबार साँझ बिराटनगरको चिसो माहोललाई तताइन् । बिराटनगरमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् ।
‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो...