एपीएफको पहिलो जीत

एपीएफको पहिलो जीत
काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।  विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए । पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकवि...

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो

एन्फा महिला फुटबल लिग : एपीएफले बागमतीलाई ५–१ गोलले हरायो
काठमाण्डौ – एन्फा महिला फुटबल लिगअन्तर्गत अन्तिम चरणको खेलमा शसस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले बागमती युथ क्लब हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा एपीएफले बागमतीलाई ५–१ गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेस...

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपीएफ र गल्कोटबीचको खेल स्थगित

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपीएफ र गल्कोटबीचको खेल स्थगित
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपिएफ र गल्कोटबीचको खेल स्थगित भएको छ। हिजो भएको खेलमा चौथो सेटको प्रतिस्पर्धा हुँदै गर्दा स्थगित भएको हो । खेलमा गल्कोटले २–१ को अग्रता लिएको थियो । स्थगित भएको खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिने भएको छ । यसअघि हिजोको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई हराएको छ भने दोस्रोमा मणिमुकुन्द भलिबल क्लबले रुक...

इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–१ ले हराएको हो । जीतसँगै आर्सनल १९ खेलमा ३९ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड समान १९ खेलमा २४ अङ्कसहित बाह्रौं स्थानमा छ । अङ्कतालिकामा १८ खेलमा ४५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको नटिङ्घम फरेस्टको १९ खेलमा ३७ अङ्क रहेको छ ।

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज तीन वटा खेल हुँदै छ । पहिलो सेटमा त्रिभुवन आर्मी र गुजराज स्टेट भलिबल भारतबीच खेल हुनेछ । यस्तै रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लबबीच दोस्रो तथा एपीएफ र गल्कोट भलिबल क्लबबीच तेस्रो खेल हुनेछ । यसअघि हिजोको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक मदन भण्डारी स्पाेर्ट्स एकेडेमीलाई हराएर विजयी शुरुवात गरेको छ । पुलिसले अब...

आजदेखि इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू

आजदेखि इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता शुरू
काठमाण्डौ – इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलको रामनगर खेल मैदानमा हुने प्रतियोगिताको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गजरात स्टेट भलिबल एसोसियशन, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब र र...

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित : एस्टनभिल्ला र ब्राइटनको बराबरी
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेड पराजित भएका छन् । आज बिहान भएको खेलमा चेल्सी इपस्वीच टाउनसँग र युनाइटेड न्यूक्यासलसँग समान २–० गोलले पराजित भएका हुन् । चेल्सी १९ खेलमा ३५ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलमा १५ अङ्कका साथ इपस्वीच टाउन तालिकाको १८ औँ स्थानमा रहेको छ । यस्तै १९ खेलमा ३२ अङ्कका साथ न्यूक्यासल अङ्क तालिकाको पाँचौँ स्थानमा रहँ...

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजे...

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न

सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन विपरित नेपाल ओलम्पिक कमिटीको चुनाव सम्पन्न
काठमाण्डौ – नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत चुनाव गरेको हो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै हिजोका लागि तय भएको चुनाव...

प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी

प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई हरायाे, ब्राइटन र ब्रेन्टफोर्डबीच बराबरी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई हराएकाे छ । आज बिहान इमिरेट्स रङ्गशालामा भएकाे खेलमा आर्सनलले इप्सविचलाई १–० गाेलले हरायाे । आर्सनलका काई हाभाट्जले खेलकाे २३औं मिनेटमा गाेल गरे । याे जीतसँगै आर्सनल १८ खेलमा ३६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ । इप्सविच टाउन १८ खेलमा १२ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । आज बिहानै भएकाे अर्काे खेल...