पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
काठमाण्डाै – नेपाल पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो । एपीएफको जीतमा सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १/१ गोल गरे । एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेकाे पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।
एपीएफले अपराजित रहँदै उपाधि ज...