साफ महिला फुटबलमा नेपाल–बङ्गलादेशबीच हुने फाइनल खेलको टिकट बिक्री रोकियो
काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनशिप फुटबलअन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित गरेको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको छ । अस्ति आइतवार भएको दोस्रो सेमिफाइनलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या ...