खेलकुद र युवा पत्रकारिता पुरस्कार प्रदान

खेलकुद र युवा पत्रकारिता पुरस्कार प्रदान
२२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता र युवा पत्रकारिता पुरस्कार प्रदान गरेकाे छ । साेमबार मन्त्रालयमा गरिएको कार्यक्रममा खेलकुदतर्फ ४ र युवातर्फ ६ पत्रकारलाई सम्मान गरेकाे हाे । खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा ध्रुब तुलाधर, राेशन राउत, केशव पाठक र लक्ष्मी कार्की रहेका छन् । यस्तै युवा पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुनेमा खगेन्द्र अधिकारी,...

खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक

खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक
काठमाडौं । कोरोना महामारीका कारण देशभरी लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडीहरू बेरोजगार बनेका छन् । मैदान र खुला वातावरणमा रमाउने खलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउन तिर लागेका छन्। नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको नाटक बनाउने भएका हुन्। नाटकको नाम ‘अफ साइड’ राखिएको छ। कुलेश्वरको गणेश मन्दिरमा विहान नाटक सुटिङको उद्घाटन गरिएको ...

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’

‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’
कोभीड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता ब्यक्त गरेका छन् । विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल ...

आकृति अचानक बृद्धाश्रम पुगेपछि…. !

आकृति अचानक बृद्धाश्रम पुगेपछि…. !
नझुकिनु होला । उनी मोडल होइनन्, रेस्लर हुन् । उनै रेस्लर तथा समाजसेवी आकृति पुन सोमबार बिहान सबेरै गोँगबूस्थित हिमालय बृद्धश्रम केन्द्र पुगिन् । आकृति त्यहाँ पुग्दा आश्रममा आश्रित बृद्ध-बृद्धा आमाबुबाको अनुहारमा बेग्लै चहक झल्कियो । आकृतिलाई भेटेपछि एक बृद्धाले भनिन्, ‘तिमी त मेरै छोरी जस्तो लाग्यो ।’ रुचिले रेस्लर बनेकी आकृति त्यहाँ एक छाक भएपनि बृद्धबृद्धालाई खाना खुवाउने मन लिएर पुगेकी थिइन् ।...

बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण

बंगलादेशी क्रिकेटर मोर्ताजालाई कोरोना संक्रमण
काठमाडौं । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । ३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् । सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् । मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिए...

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही

फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापरवाही
चिकित्सकको लापरवाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया गर्न सकिएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन बढ्दै गएको छ । उदयपुरको बेलका नगरपालिका–६ की समीक्षाको यही वैशाख १२ गते बारीमा काम गर्दा ढुङ्गा उछट्टिँदा दाहिने आँखामा चोट लागेको थियो । अर्को दिन उनलाई उपचारका लागि बुबा र दाजुले मोटरसाइकलमा...

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ

एसी मिलानका लेजेण्ड माल्दिनीले स्वीकारोक्ती : म ठूलो लुजर हुँ
फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डहरु मध्ये एक हुन् पाउलो माल्दिनी । आफ्नो खेल करियरमा उनले एउटै क्लबाट मात्र खेले । इटालियन क्लब एसी मिलानबाट खेल्दा उनले सिरी ए देखि च्याम्पियन्स लिग सम्म जिते । उनलाई फुटबलकै मोस्ट डेकोरेटेट प्लेअर मानिन्छ । यी इटालियन खेलाडीले आफ्नो ट्रफी क्यिनेटमा २५ ट्रफी जम्मा पारेका छन् । उनले ७ सिरी ए र ५ युरोपियन च्याम्पियन लिग उपाधि जिते । अरु १३ उपाधिसमेत जिते ।...

टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने

टोकियो ओलम्पिक अर्को वर्षको जुलाईमा हुने
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरेको छ । सत्रौँ ओलम्पिक सन् २०२१ मा गर्न टोकियो २०२० आयोजक समिति, टोकियो महानगरीय सरकार र जापान सरकारको सहमतिमा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सोमबार (३० मार्च) नयाँ मिति तय गरेको हो । यसैवर्ष हुनेगरी पूर्व निर्धारित प्रतियोगिता कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण अर्को वर्षलाई सरेको हो । सारिएकोे मितिअनुसार टोकियो ओलम्...

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता

पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता
कमजोर आर्थिक स्थितिका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी तथा प्रशिक्षक सुकमान लामाको सक्रियतामा रुपेशलाई दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिची मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरिदिएका हुन् । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल आउने गर्छन् । सो घर निर्माण...

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !

इटाली र स्पेनमा कोरोनाको महामारी फुटबलबाट !
काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित तीन देशमध्ये दुई हुन्, इटाली र स्पेन । त्यसमध्ये इटालीमा पनि सबैभन्दा नराम्रोसँग यो भाइरसले कुनै एक सहरलाई बढी प्रभावित पारेको छ भने त्यो हो, बेरगामो । यसै सहरका मेयर जर्जियो गोरीले दाबी गरेका छन्, युरोपेली च्याम्पियन्स लिगमा एटलान्टा र भ्यालेन्सियाबीच मिलानको सानसिरोमा भएको खेलकै कारण इटाली र स्पेनमा कोरोना भाइरसले महामारीको रूप लिएको हो । ...