नेपाल भारतसँग १० विकेटले पराजित
काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे ।
नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । भारतका आर्शिन कुलकर्णीले ४३ र आदर्श सिंहले १३ रन बनाए ।
यसअघि दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपाल २२ ओभर १ बलमा ५२ रनमा अलआउट भ...