‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड नेपाललाई
काठमाण्डाै – नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले 'आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर' अवार्ड जितेको हो ।
पछिल्लो वर्ष नेपाली क्रिकेट टिमका समर्थक उल्लेख्य रूपमा बढेका र फ्यानबेस फेसबुकलगायतका सामाजिक सञ्जालमा चार सय प्रतिशतभन्दा बढीको पहुँचमा पुगेको आईसीसीले जनाएको छ । यसअघि नेपालले ...