विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो

विद्यालय व्यवस्थापनदेखि महानगरपालिकासम्मको मिलेमतो
विराटनगरः विराटनगर महानगरपालिका भित्र सञ्चालित एक मदरसा(मुस्लिम समुदायका धार्मिक विद्यालय) मा भारत र नेपालका नागरिकता भएकालाई प्रध्यानाध्यापकमा नियुक्त गरेको बाहिरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १३ स्थित पुरानो हवाई फिल्डमा रहेको ताजुल ईस्लाम आधारभुत विद्यालयको प्रअमा दोहोरो नागरिकता भएकोे मो.जावेदलाई नियुक्त गरेको तथ्य खुलेको छ । केही समय पहिले सम्म सोही विद्यालयको एक सामान्य शि...

मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?

मिलुञ्जेल साझेदार, नाफा आएपछि पागल ?
निर्मातालाई हलवालाले रगत चुसेझैं चुसेका छन्– हलवालाले निर्मातालाई मारमा पारेका छन् भनेर निर्माताले उठाउँदै आएको आवाज हो यो । फेरि यस्तै लफडा बाहिरिएको छ हलमालिक र निर्माताबीच । पछिल्लो समय यी एक–दुईले अर्काेलाई पागल करार गरेका छन् । प्रसंग हो अत्यधिक नाफा आर्जन गर्ने भनिएको ‘माया छपक्कै’ को । सोही चलचित्रका निर्माता र वितरकबीचको द्वन्द्व बजारमा असरल्ल भएको छ । फिल्मका निर्माता रोहित अधिकारी र...

गीत चोर्दा क्या गज्जब

गीत चोर्दा क्या गज्जब
सिर्जना चोरी काण्डमा कहलिएका गीतकार र संगीतकारसमेत मुछिएका छन् । यही भीडका अर्का गायक दुर्गेश थापा । गलबन्दीको गीत चोरीमा प्रकाश सपुत जसरी मुछिए ठीक उही शैलीमा दुर्गेशले अरूको रचना बीचबीचमा घुसाएर बीच्चबीच्चमा २ बजारमा ल्याएका छन् । हरिदेवी कोइराला र प्रेमराजा महतको स्वरमा रहेको गीतका केही अंश चोरी गरिएको आरोप छ । एउटा फोटो खिच नामक सो गीत १० मिनेट ०४ सेकेण्डको छ । जसमा, म्युजिक नेपालले बजारम...

भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा

भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा
नेपाली बजारमा भारतीय औषधि कम्पनीलाई बिना निरीक्षण प्रवेश दिईएको पाईएको छ। भारतको हिमाञ्चल प्रदेशको बड्डिस्थित ओजोन फर्मास्युटिकल्स नामक कम्पनी औषधि व्यवस्था विभागको निरीक्षणका क्रममा अनुत्तीर्ण भएपछि सोही नाम गरेको अर्को प्रदेशको कम्पनीलाई बिना निरीक्षण भित्र्याईएको पाईएको हो । बड्डिस्थित ओजन कम्पनी ‘फेल’ भएपछि सोही नाम गरेको आसाम गुहाटीको कम्पनीलाई निरीक्षण बिना नै नविकरण गरेको पाईएको हो...

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती
सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् । इन्स्टाग्राममा उनले लेखेकी छिन्, 'मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अ...

मिथुनको हत्याको आरोपमा श्रीमतीसहित ५ जना पक्राउ

मिथुनको हत्याको आरोपमा श्रीमतीसहित ५ जना पक्राउ
विराटनगर / सुनसरी देवानगञ्ज गाउँपालिका– ७ का २५ वर्षिय मिथुन उराँउको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ । असार ३ गते भएको हत्यामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मिथुनको श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको हो । हत्यामा संलग्न भएको आरोपमा मिथुनकी श्रीमती प्रमिला उराँव, सासु छवनीदेवी उराँव, ससुरा रामदेव उराँव, अरविन उराँव र अजय उराँवलाई पक्...

डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ

डिएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ
नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो । डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका ...

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द

नेपालमा भारतीय च्यानलको प्रशारण बन्द
नेपालमा भारतीय च्यानलको प्रशारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहिबार साँझ देखि नै लागु हुने गरि भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएका हुन् । यस सँगै भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानल बन्द भएका छन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण नै बन्द गरिएको बताए ।

चोरीको पल्सर बाइक २० हजारमै बेच्न खोजेपछि…

चोरीको पल्सर बाइक २० हजारमै बेच्न खोजेपछि…
मोरङ पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको १५० सिसिको निलो पल्सर मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा खोजतलासको लागि निवेदन दिए । उनको मोटरसाइकल मङ्गलवार बिहान तीन बजे घरबाटै चोरी भएको थियो । निवेदनपछि मोटरसाइकलको हुलियाको आधारमा पथरी प्रहरीले खोजतलासमा जुट्छ । नभन्दै पथरीका डिएसपी दिलीप कुमार गिरीलाई दुई जना युवा पथरी बजारमा सस्तोमा मोटरसाइकल...