‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको छु : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न' भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, 'हामी सबैलाई थाहा भएकै ...