रोशन पोखरेल, काठमान्डाँै , असार २२
मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक जय देवकोटाको लय तथा शब्द सिर्जनामा गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको आवाजमा रहेको गीत “हात भारी सुनको चुरा ”तीजको गीत सार्वजनिक भएको हो । नेपाली नारीहरुको महान पर्वमा दुख पिर र विदनालाई समेटेर गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गीतले सबैलाई मनोरञ्जन दिनेमा आफु आशावादी रहेको गायक रावतले बताए । दुर्गा पौडेलको छायाँकनमा तयार पारिएको भिडियोलाई प्रविन रेशमी मगरले सम्पादन गरेका हुन । मौसम हिमालीले निर्देशन गरेको भिडियोमा मदन खड्का , रुविना अधिकारीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
पद्मा सुनुवारको तिजको लोक कोशेली “हात भारी सुनको चुरा ” हेर्नुहोस भिडियो सहित
