नेपाली साँगितिक क्षेत्रमा रहरे लामो समय देखि नेपाली गित संगीतमा क्रियाशिल रहदै आएका बैतडी गुरुखोलामा गाउँपालिका वाड ८मा आमा मिना देवी भटट र बुवा विष्णुदत्त भटटको सन्तानको रुपमा जन्म लिनुभएका सर्जक नरेश चन्द्र भटट् हाल सम्मपनी निरन्तर रुपमा सागिँतीक क्षेत्रमा क्रियाशिल रहनुभएको छ । आफनो बाल्यकाल देखी नै संगीत प्रतिको आस्था र राम्रो पारिवारिक वातावरण पाउनुभएका उहाँ विशेष रुपमा नेपाली मौलिक सिर्जनाका साथै हिन्दी , भजन , कुमाउँनी गीत मन पराउनु हुन्छ । उहाले विस २०५० साल देखी २०६२ साल सम्म उनले आफनो आवाजको माध्यमबाट नेपाली लोकगीतको क्षेत्रमा विशेष योग्दान पुयाएका थिए । उहाँद्धारा कर्णाली अस्पताल मन हैगो चञ्चल गीत बजारमा ल्याउनुभएको थियो । मध्यम परिवारमा जन्मेर पनि आफनो भाग्य र साथीहरुको माया , प्रेम र हौसलाको श्रेयले उनी आजको स्थानमा आउन सफल भएको उहाँले बताउनुभयो । हाल सम्म उहाँका २०० बटा भन्दा बढी गीत रेकर्ड भएका छन । भने कतिपय बजारमा आउने तयारीमा रहेका छन । देउडा गीत , लोकदोहोरी , आधुनिक गीत धेरै मात्रामा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । कलाकारहरुको आफ्नै बाध्यता , आफ्नो मनमा जतिसुकै पिर बेथा भए पनि , बाहिर हाँसेरै अरुको लागि खुसि हुनु पर्ने ! अवस्थाबाट आफु कतिपनि विचलित नभएको उहाँले सुनाउनुभयो । सुरुवातका दिनहरुमा निकै कष्ट र व्यथा भोगेका उनले आफनो जिवनमा अलिकति पनि विचलित नभएर आफनो कर्ममा निरन्तर लागीपरिरहे । विभिन्न समस्याका बाबजुत पनि निरन्तर संगीतको क्षेत्रलाई आफ्नो धर्म र कर्म मान्दै अगाडी बढीरहेका छन । पेशागत रुपमा नेपाल प्रहरीमा रहेपनि उहाँमा संगीत प्रतिको मोड निकै रहेको छ । धोका दिने निष्ठुरी गायक हरिदत्त पन्तले गाएको अव बजारमा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँलाई आगामी दिनमा सफलता मिलोस हाम्रो तर्फबाट हार्दिक शुभकामना ।।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित
विराटनगर÷ विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं ...
सरकारको एक्लो प्रयासले विपद्को जोखिम न्यूनीकरण गर्न सम्भव हुँदैन् : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण गर्न सरकारको एक्लो प्रयासले सम्भव नहुने बताउनुभएको छ । काठमाडौ...
मदरल्याण्डको वक्तृत्वमा आद्रता र सर्लिन प्रथम
विराटनगर÷ विराटनगरस्थित मदरल्याण्ड एकेडेमीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आद्रता निरौला प्रथम भएकी छन् । सिनिय...
पत्रकारिता स्वच्छ, मर्यादित एवं सशक्त्त हुनुपर्छ ः मुख्यमन्त्री कार्की
मोरङ,१० पुस ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली पत्रकारित स्वच्छ, मर्यादित एवं सशक्त्त हुनु पर्ने ब...
योग तथा ध्यान सिविर सम्पन्न
विश्व ध्यान दिवसको अबसरमा नुवाकोटको लिखु गाउपालिका र दुप्चेश्वर गाँउपालिकामा योग तथा ध्यान सिविर सम्पन्न भएको छ । दुबै स...
रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वारा ।”विजय सुचक घण्टी” समुद्घान
विराटनगर, पुस १० गते । माेरंगकाे बुढिगंगा-२, टंकि सिनुवारी रहेको रेवन्त-रुक्मणी मेमोरियल बिराट क्यान्सर इन्स्टिच्युटद्वा...