रोशन पोखरेल , काठमाण्डौ, असार १६ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुन्य अवसरलाई मध्य नजर गदैँ देवी म्युजिक प्रालीको प्रस्तुतिमा तुलसा थापा र सिता थापाको मौलिक लोकदोहोरी गीत ‘बेहुली बनाउछु’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘बेहुली बनाउछु’ गीतमा भगिरथ चलाउने र गायिकाहरु तुलसा थापा र सिता थापाकोे आवाज रहेको छ । समय र परिस्थितीले गर्दा आफनी माइती घर जान नपाएका चेलीहरुको गुनासो तिज गीतमा समेटिने गरिन्छ । महेन्द्र विश्वकर्माको शब्द तथा सागर लामाको मौलिक लय सिर्जना रहेको छ । दुर्गा पौडेलको छायाँकन , दिपक विष्टको सम्पादनमा गीतको भिडियो रहेको छ । सागर थापा र काशिष थापाले अभिनय गरेका छन्। भने भिडियोलाई चर्चित निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडियो
‘बेहुली बनाउछु’ ( हेर्नुहोस भिडियो )
