रोशन पोखरेल , असार १३ । गायक जयराम शाही र गायिका देवी धर्तिको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत “घरवार बनाई देउ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक उक्त मौलिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । अलिफ खान को शब्द तथा राजु अर्यालको संगीतमा गीत तयार पारिएको छ ।
रामजी खाँड , करिश्ष्मा ढकाल र सोनु थापाको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।
हेर्नुहोस भिडियो ।
गायक जयराम शाही र देवी धर्तिको आवाजमा “घरवार बनाई देउ” हेर्नुहोस भिडियो सहित
