निश्चल र रन्जिता को जोडी मुना मदनको रुपमा बजारमा आए (भिडियो सहित)
प्रकाशित मिति: सोमबार, फाल्गुण २१, २०७४
समय: ११:१०:१८
Madesh Pradesh
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रका लागि समर्पित नाम मेशना डिजिटल प्रालिले फेरी अर्को मनछुने लोक दोहोरी गीतलाई बजारमा पस्किएको छ । निश्चल दवाडीको प्रस्तुतिमा बजारमा आएको उक्त गीत “मुना मदन” को नाम मा बजारमा आएको हो । अजम्बरी प्रेम कथामा आधारित यस गीतमा पूर्ण कला बि.सी र निश्चल दवाडीको सुमधुर स्वर रहेको छ । प्रतिभावान कलाकार निश्चल दवाडी द्वारा नै लय तथा शब्द सृजनाले भरिएको यस गीतको म्युजिक भिडियोमा रन्जिता गुरुङ र निश्चल दवाडी कै जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिस्टले गरेका छन् । गीतको भाव अनुसार गायक, सर्जक तथा मोडल निश्चलले अहिलेकी सर्वप्रिय गायिका पूर्ण कला बि.सी लाई हजार जनम तिम्रै हुन पाउँ भन्दै आफ्नो मायालु भाव समर्पित गरेका छन् भने यता अर्की मोडल रान्जिता गुरुङले पनि यस गीतको कथावस्तु अनुसार हजार जनम तिम्रै हुन पाउँ भन्दै निश्चल समक्ष समर्पित बनेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post Views:434
ओखलढुडगा विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपरेमा ९८०४३०००१८ मा सम्पर्क गर्नुहोस