विराटनगर , फागुन ११ विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चौलाकान्त विक को ”पागल पात्र” बजारमा निकै चर्चाको शिखरमा रहेको छ । ”पागल हुने पात्र” गितमा गायिका देवि धर्ति मगर र चौलाकान्त विकको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमा समेटिएको छ ।चौलाकान्त विकको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । भिडियामा अनु श्रेष्ठ र विमल अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौत्तम र सम्पादन अविनाश डिसीले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
अनु किन भइन त ”पागल पात्र” विमलको..भिडियो सहित ]
