गायक उत्सव सुब्बा लामाको “माथि माथी लेकमा हिउँ पर्यो”बोलको गीतमा साहित्यकार एबम सञ्चारकर्मी राममाया पहिलो पल्ट मोडलिङमा देखिएको छ । वाइबाले साहित्यिक कार्यक्रम “सङ्गीत दर्पण”रेडियो राजमार्ग ९२.१ मेगाहर्जबाट साहित्य्क कार्यक्रम बिगत ४ बर्ष देखि सञ्चालन गर्दै आउनु भएको छ । उक्त कार्यक्रम रेडियो लाङटाङ ९०.३ ,र रेडियो नुवाकोट १०६.८ मेगाहर्जमा पनि एकै साथ प्रशारण हुँदै आएको छ । “अहिले पछिल्लो समयमा एउटा लोक पप मा लोक सेलो गीत बजारमा ल्याएको छु ,पक्कै पनि दर्शक ,श्रोताले मन पराउनुहुन्छ भन्ने विश्वासमा छु।” दुई महिना अघि “फूलफुल्यो गुराँस भिरैमा”बजारमा ल्याएको थिए धेरै राम्रो प्रतिक्रिया पाए ।गायक उत्सब लामाले बताउनु भयो । म्युजिक भिडियोमा शब्द,सङ्गीत,एवं स्वर उत्सव सुब्बा लामा,क्यामरा बिक्रम कार्की,अभिनयमा सञ्चारकर्मी राममाया वाइबा,अमृता,एल्जिला,दिपक,गायक स्वंय रहेको छ ।
मोडलिङमा पहिलो पल्ट देखिए सञ्चारकर्मी एवं साहित्यकार राम माया तामाङ “माथि माथी लेकमा हिउँ पर्यो”(भिडियो सहित)
