काठमाडौं, १६ बैशाख । आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन ।
सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।
‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुबेदीले राती नै भनेका थिए ।
आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन् । ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठिक ११ः ०० बजे माइतीघर मण्डला आउनुहोला’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन्, आन्दोलन बिना केही पाईदैन् । त्यसैले आन्दोलन बलियो गराऔ।’
गत चैत २० गते देखी जारी आन्दोलन आज २७ औं दिन पुगेको हो ।