काठमाडौं । कृष्ण श्रेष्ठ गीतकारका साथै अभिनयमा पनि आफ्नो पहिचान स्थापित गर्न अघि सरेका छन् । उनले आफ्नै शब्द रहेको ‘किङ कोब्रा नागिन डान्स’ बोलको गीतमार्फत पाइला अगाडि बढाएका हुन् । उक्त गीतमा चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईले संगीत गरेका छन् ।
गीतकोे शब्दमा श्रेष्ठलाई माया मोक्तानले साथ दिएकी छन् भने गीतमा खुइलीका उपनामले परिचित नविना सिलवाल र आशिक राईको स्वर रहेको छ । कृष्ण श्रेष्ठ र डिल्लीराम राईले समूहमा रहेर गाउन सघाएका छन् ।
रोमाञ्चक बनाइएको भिडियोमा कृष्ण श्रेष्ठकै प्रमुख भूमिका रहेको छ । उनको साथमा आशिक राई र खुइलीको पनि अभिनय तथा नृत्य रहेको छ । अमन बाबुले छायाँकन गरेको भिडियोको सम्पादन जोहन राईले गरेका छन् ।