काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको छ ।
हिजोको खेलमा गुजरातले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।
कोलकाताका कप्तान अजिंक्य रहानेले सर्वाधिक ५० रन बनाए । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई विकेट लिए ।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । यस्तै साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रन जोडे ।
कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले समान एक विकेट लिए । जीतसँगै गुजरात आठ खेलबाट १२ अङ्कसहित शीर्ष स्थानमा छ ।
कोलकाता भने समान खेलबाट ६ अङ्कसहित सातौैं स्थानमा छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।