विराटनगर ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति मोरङले रक्तदान कार्यक्रमको आयोजना गरेर ३५ औ स्थापना दिवस भव्य रुपमा मनाएको छ । जसमा विभिन्न कार्यालयका ६३ जना रक्तदाता कर्मचारीहरुले रक्तदान गरेको नेपाल निजामती कर्मचारी मोरङ संगठनका अध्यक्ष शालिगराम कोइरालाले वताउनुभयो ।सो रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई नेपाल निजामती कर्मचारी संगठन केन्दिय कार्य समिति का निवर्तमान महासचिव जिवन काफ्ले ले प्रमाणपत्र प्रदान गनभएको थियो ।कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्य समिति का अध्यक्ष हरी सुवेदी ,निवर्तमान केन्दिय सदस्य फडीन्द्रनाथ अधिकारी ,पेशागत महासंध कोशी प्रदेशका अध्यक्ष श्री अशेष कुमार लम्साल ,संगठनका निवर्तमान अध्यक्ष ओमराज सुवेदी ,पुर्व अध्यक्ष बुद्धी बहादुर थापा लगायतको उपस्थीती रहेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा विहान ७ वजेवाट सन्चालन भएको कार्यक्रम दिउसो २ वजे सम्म सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया