काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्बृद्धिका निमित्त मोडलिंग विधाबाट लोकप्रियता हाँसिल गरेका कलाकार हिराकाजी सेन्चुरीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “दिउँला चिनो” भर्खरै सार्वजनिक गरेका छन् । कलाकार हिरा संस्कृतिको जगेनार्थ हिरा नै बनेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतमा काम गरिसकेका छन् ।
वरिष्ट गायक घमेश दुलाल र रचना रिमाल द्वारा स्वरबद्ध “दिउँला चिनो” बोलको गीतलाई लय राम्जी थापा मगर र संगीत संयोजन नारायण दंगालले भरेका हुन् गीतमा भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । म्युजिक प्लस स्टुडियोमा तयार भएको गीतलाई गोपाल दयालले रेकर्ड गरेका हुन् भने मिक्सिंग मनोज परियारको रहेको छ ।
सार्वजनिक हुनुपूर्व नै टिकटकमा अत्याधिक रुचाइएको हिराकाजी सेन्चुरी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा हिराकाजी सेन्चुरी र जुना कार्कीको आकर्षक अभिनय देख्न सकिनेछ । हालको लागी यस गीतलाई अडियोको रुपमा मात्र सार्वजनिक हरिएको छ । निर्माण पक्षका अनुसार भिडियो भने केहि दिनमा सार्वजनिक हुने छ ।