महेश भट्टराई / झाेराहाट : माेरङकाे ग्रामथान वडा नम्बर- २ र ३ लाई जाेड्ने झाेराहाट – झङडाही- मंगलहाट सडक खण्डलेले पूर्ण रूपमा पिचको स्वरूप पाउन याे साल पनि असफल भयो ।

झाेराहाट – झङडाहीसम्म लगभग १ किलोमिटर भन्दा बढी पिच तीन वर्ष अघि नै भएको थियो । झङडाही – मंगलहाट खण्ड लगभग आधा किलोमिटर भन्दा बढी हुन सकेको थिएन । त्यहीँ भागकाे आधा यसपालिको बजेटले निर्माण गरिएको हाे । झाेराहाट देखि झङडाही हुँदै मंगलहाटकाे दूरी लगभग २ किलोमिटर पनि छैन तर याे सडकले नत पूर्ण रूपमा पिचको स्वरूप पाएकाे छ न त यस क्षेत्रका जनताले सहज रूपमा यात्रा गर्न नै पाएका छन् ।

बर्खामा हिलाे, खाल्डाखुल्डी र हिउँदमा धुलाेले यात्रा गर्न कठिन हुँदै आएको छ । ग्रामथानका अन्य सडक झैँ याे सडक पनि व्यस्त सडकका रूपमा नै परिचित छ तर यसलाई राम्रो रूपमा ग्राबिल वा पिच बनाउन न त केन्द्रीय , प्रदेश, पालिका र वडाले नै चासो बेलामा दिन सकेका छन् ।

बेलामा खाल्डाखुल्डी नपुर्दा याे सडक बर्खायाममा खाल्डाखुल्डीमा टनाटन पानी देखिदैं आएको छ भने हिँउदमा गाडी हिँड्दा धुलाे उडेर यात्रा गर्न समस्या देखि एकतातिर भने अर्कोतिर सडकका दुवैतिरका स्थानीय बासिन्दाहरूलाई घरमा बस्नसमेत धुलोले असर गर्दै आएको छ ।

झाेराहाटबाट सिद्राहा , डङटाेली, थलाहा , माेतिपुर पुग्न याे सडक सजिलो र छाेटाे भएकाले दिनमा सयौं यातायातका साधनहरू यहीँ सडक हुँदै गुड्ने गर्दछन् । अब बीचकाे आधा किलोमिटर सडक पिच हुने हाे भने झाेराहाटबाट लगभग डङटाेलीसम्म पिचै पिचकाे सडक प्रयोग हुन्छ ।

याे सडक ग्रामथान गाउँपालिकाका वडा नम्बर – २, ३ र कटहरी गाउँपालिका हुँदै पूर्वमा रंगेली नगरपालिकासम्म पुग्दछ ।

तपाईको प्रतिक्रिया